सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • नक्कली नोटसहित दुई जना पक्राउ

नक्कली नोटसहित दुई जना पक्राउ

1970
Shares
नक्कली नोटसहित दुई जना पक्राउ

तनहुँ । नक्कली नोटसहित तनहुँमा पक्राउ परेका २ जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । प्रहरीले मंगलबार व्यास नगरपालिका-१ गल्वुबेंसीबाट नवलपुरको बुलिङटार गाउँपालिका-१ थामबेंसी ठिमुरेटोल स्थायी घर भएका २० वर्षीय विनोद रामदास भनिने विशाल विक र ३० वर्षीय गमबहादुर गरन्जालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका दुवै जनालाई बुधबार तनहुँ जिल्ला अदालतबाट मुद्रासम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुको साथबाट नक्कली एक हजार रुपैयाँका १७६ थान नोट बरामद भएको छ।

व्यास-१ गल्वुबेंसीमा रिचार्ज कार्ड खरिद गरी उक्त नक्कली नोट दिँदा स्थानीयलाई शंका लागेपछि प्रहरीमा खबर गरेका थिए। स्थानीयवासीले उपलब्ध गराएको हुलियाका आधारमा प्रहरीले रामदासलाई नक्कली एक हजार रुपैयाँको नोटसहित पक्राउ गरेको हो।

1970
Shares

ट्रेन्डिङ