सबैको समाचार
सोमवार, भदौ २९, २०८३

यस्तो रहनेछ आजको मौसम

2140
Shares
यस्तो रहनेछ आजको मौसम

काठमाडौं, कात्तिक ६ : जल तथा मौसम विज्ञान विभागका अनुसार आज तीनवटा प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना छ।

सुदूरपश्‍चिम, कर्णाली र गण्डकीका पहाडी भेगका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। तीनवटै प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको पनि सम्भावना छ।

पश्‍चिमी वायुको आंशिक प्रभावका कारण आज दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ। सुदूरपश्‍चिम, कर्णाली र गण्डकीका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। तीनवटै प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना छ।

आज राति पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ।

2140
Shares

ट्रेन्डिङ