सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • मन्त्रालयसँगको सहकार्यमा नेपाल बंगलादेशले लघु कर्जा दिने

मन्त्रालयसँगको सहकार्यमा नेपाल बंगलादेशले लघु कर्जा दिने

4800
Shares
मन्त्रालयसँगको सहकार्यमा नेपाल बंगलादेशले लघु कर्जा दिने

नेपाल बंगलादेश बैंकले विभिन्न जिल्लामा सञ्चालित महिला समूह, महिला सहकारी, समुहमा आवद्ध विपन्न तथा न्यून आय भएका व्यक्ति र समुदायलाई लघु कर्जा प्रर्वद्धन गर्ने भएको छ ।
बिहिबार काठमाडौंमा एक कार्यक्रम गरी महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र नेपाल बंगालादेश बैंकले सहुलियत लुघ कर्जा प्रर्वद्धन संझौतामा हस्ताक्षर गरेका छन् । पहिलो चरणमा बैंकले दाङ, भैरहवा, नारायणगढ, धादिङ,तेह्रथुम र पाँचथरको फिदिमबाट लघु कर्जा प्रवाह गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
मन्त्रालयको महिला तथा बालबालिका विभागका महानिर्देशक नरेश कुमार चापागाई र बैंकका प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्रप्रसाद ढुंगानाले लघु कर्जा प्रवाह सम्बन्धी संझौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
पहिलो चरणमा छनौटमा परेका जिल्लामा चालु आर्थिक वर्षभित्रै पाँच हजार भन्दा बढी लघु उद्यम र व्यवसायीलाई पचास करोड रुपैयाँ लघु कर्जा प्रवाह गर्ने बैंकले उल्लेख गरेको छ ।
लघु कर्जा परिचालनको सहकार्यबाट बिपन्न तथा न्यून आय भएका व्यक्ति समुह तथा समुदायले स्वरोजगारमुलक उद्यम व्यवसाय गर्न प्रोत्साहन मिल्नुका साथै लक्षित वर्गको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।

4800
Shares

ट्रेन्डिङ