सबैको समाचार
शनिबार, कार्तिक ८, २०८३
  • होमपेज
  • एटिएम मेसिन तोडफोड गर्ने भारतीय नागरिक पक्राउ

एटिएम मेसिन तोडफोड गर्ने भारतीय नागरिक पक्राउ

1885
Shares
एटिएम मेसिन तोडफोड गर्ने भारतीय नागरिक पक्राउ

कास्की | पोखरा महानगरपालिका-८ सभागृह हल अगाडि रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा भारत बिहार घर भई हाल पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने २० वर्षीय रवि ठाकुर पसीलाई गएराति प्रहरीले पक्राउ गरेको छ।

पसीले एटिएम मेसिनको पैसा निस्कने ठाउँ र बक्सको बाहिरी लकमा फलामको रड छिराई क्षति पुर्‍याएको भन्ने सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट सभागृहबाट खटिएको प्रहरीले एटिएम बुथ नजिकै भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

उनको साथबाट पेचकस १ थान, रड १ थान र कैँची १ थान बरामद भएको छ।

1885
Shares

ट्रेन्डिङ