सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • नुवाकोटको गोरु जुधाउने प्रतियोगिता सम्पन्न 

नुवाकोटको गोरु जुधाउने प्रतियोगिता सम्पन्न 

7175
Shares
नुवाकोटको गोरु जुधाउने प्रतियोगिता सम्पन्न 

माघी पर्वको अवसरमा नुवाकोटमा गोरु जुधाइएने जात्रा भएको थियो । नुवाकोटको तीन अलग अलग स्थन तारुकामा १८ हल, बेत्रावतीमा १० हल र पञ्चकन्यामा ६ हल मा भएको गोरु जुधाइ जात्रा निकै रोमाञ्चित थियो ।
‘तारुकाको गौरव, नेपालको पौरख’ नारासहित तारुका गाविसको चन्दनीमा गोरु जुधाइएको हो । विजेता गोरुका धनीलाई ४ हजार रुपैयाँ, पराजित गोरुका धनीलाई २५ सय रुपैयाँ र बराबरमा टुंगेको गोरुका धनीलाई तीन–तीन हजार रुपैयाँसहित प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।
यसै वर्षदेखि तारुकामा व्यावसायिक संस्थाले गोरु प्रायोजनसमेत गरेका थिए । दुई हल गोरुका धनीले प्रायोजनको रकमसमेत प्राप्त गरे । एक हललाई १०–१० हजार र अर्को एक हललाई ५–५ हजार रुपैयाँको प्रायोजन भएको थियो ।
नुवाकोट बेत्रावतीमा विजेता गोरु धनीलाई दुई हजार रुपैया र पराजित तथा सहभागी गोरुका धनीलाई १५ सय रुपैया प्रदान गरिएको छ । पन्चकन्याका घलेभन्ज्याङमा विजेता गोरुका धनीलाई १५ सय रुपैया प्रदान गरिएको आयोजकले बताएकोे नयाँ पत्रिकाले छापेको छ ।
रक्षामन्त्री बालकृष्ण खाँडले तारुकामा गोरु जुधाइ प्रतियोगिता उद्घाटन गर्दै स्थानीय सस्कृति र परम्परालाई स्थानीयले नै उजागर गर्नुपर्ने, मेलालाई व्यवस्थित बनाएर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सरकारले पहल गर्ने पनि मन्त्री खााँडले बताए ।
सो प्रतियोगिताको रुपमा १८८७ देखि सुरु भएको गोरु जुधाई जात्रा ०६२ देखि सस्कृतिको संरक्षण तथा पर्यटन प्रबद्र्धनमा केन्द्रित रहेर व्यवस्थित गरिएको माघे सक्रान्ति गोरु जुधाई संरक्षण सस्थाका अध्यक्ष दिपेश शाक्यले जानकारी दिए ।

7175
Shares

ट्रेन्डिङ