काभ्रे । काभ्रेको रोशीमा श्रीमानले चलाएको मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ ।
दुर्घटनामा काठमाण्डौ महानगरपालिका वडा नम्बर ११ बस्ने बर्ष ६१ कि बिन्दा गिरीको मृत्यु भएको हो । मोटरसाइकल चालक मृतक बिन्दाका श्रीमान काठमाडौं नगरपालिका ११ बस्ने ज्ञानराज गिरी घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय मंगलटारले जानकारी दिएको छ l
काभ्रे जिल्लाको रोशी गाउँपालिका ११ स्थित डालावेशीमा मोटरसाईकल दुर्घटना भएको हो । काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.प्र ०२ ०२४ प ४०९२ नं को मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टदाँ सोहि दिशाबाट बाट आउँदै गरेको बा ४ ख ७५१८ नं को बसले बे्रक लगाउने क्रममा पछाडी भागको चक्काले मोटरसाइकललाई किचेको हो ।
बस चालकलाई इलाका प्रहरी कार्यलयको नियन्त्रणमा राखिएको छ ।