काठमाडौँ । इन्डोनेसियाको सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी विस्फोटमा परी कम्तीमा ११ पर्वतारोहीको मृत्यु भएको छ । केही अझै बेपत्ता भएको बताइएको छ ।
समुन्द्री सतहबाट २ हजार ८ सय ९१ मिटर उचाईमा रहेको मारापी हिमाल ज्वालामुखीको खरानी र चट्टान वरपरका क्षेत्रमा फैलिएको छ । अधिकारीहरूले मानिसहरूलाई मुख्य खाडलको ३ किलोमिटरको दायराभित्र खतरा क्षेत्रमा जान निषेध गरेका छन् ।
आरोहीहरूको खोजी गर्न अधिकारीहरूले लगभग सय जनालाई खटाइएको छ ।