सबैको समाचार
मङ्लबार, असार १७, २०८२

कस्तो रहला आजको मौसम ?

1215
Shares
कस्तो रहला आजको मौसम ?

काठमाडौं , पुस २० : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । तराईका धेरै स्थानहरूमा भने हुस्सु/कुहिरो लागेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

1215
Shares

ट्रेन्डिङ