सबैको समाचार
आइतवार, बैशाख ७, २०८२
  • होमपेज
  • काभ्रेबाट २८५ केजी गाँजा सहित ३ जना पक्राउ

काभ्रेबाट २८५ केजी गाँजा सहित ३ जना पक्राउ

2360
Shares
काभ्रेबाट २८५ केजी गाँजा सहित ३ जना पक्राउ

काभ्रे | काभ्रेको पनौती – ५ आईटि पार्क बाट गाँजा बोकेको गाडी सहित ३ जनालाई प्रहरीले पक्राउ गरिएको छ।

प्रहरीका अनुसार आज विहान पनौती बनेपा सडक खण्डमा बनेपा चौकीबाट खटिएको चेकिङ टोलिले सवारी चेक जाँच गर्ने क्रममा २ सय ८५ केजी गाँजा सहित सवारी र सवारी चालक सहित ३ जनालाई नियन्त्रणमा लिएको हो । ।

पनौतीबाट बनेपा तर्फ जाँदै गरेको बा ६ च २९६ नं.को डिआई गाडिमा गाँजा ल्याउदै गरेको अवस्थामा गाडी सहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा सवारी चालक नुवाकोट जिल्ला बिदुर नगरपालिका वडा- ११ घर भई हाल काठमाण्डौ बालाजुमा डेरा गरी बस्ने बर्ष ३५ को बुद्धमान तामाङ , तेस्तै रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा न -.८ घर भई हाल काठमाण्डौ बालाजुमै डेरा गरी बस्ने बर्ष २० को संजिब तामाङ र रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा न – ८ घर भई हाल काठमाण्डौ बालाजुमा नै डेरा गरी बस्ने बर्ष ५३ कि बिमला तामाङ रहेकी छिन।

सवारी साधन सहित पक्राउ परेका ३ जनालाई नै ईलाका प्रहरी कार्यालय बनेपामा राखेर थप अनुसन्धान भैरहेको काभ्रे प्रहरीका सुचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।।

2360
Shares

ट्रेन्डिङ