सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

2105
Shares
दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

काठमाडौं | दुबई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको खैरेनी नगरपालिका घर भई ललितपुरको गोदावरीमा बस्ने ३९ वर्षीय शान्ति गुरुङ रहेकी छन्।

गुरुङले सन्तोषी कुमारी थापासमेत पाँच जनालाई वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै प्रतिव्यक्ति ३ लाख रुपैयाँ लाग्छ र दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा प्याकिङ काम लगाइदिन्छु जहाँ मासिक ७० हजार रुपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी ५ लाख रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गुरुङको खोजतलास गर्ने क्रममा बुधबार ललितपुर गोदावरी नगरपालिका चापागाँउबाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

2105
Shares

ट्रेन्डिङ