सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • नुवाकोट काठमाडौ दुग्ध व्यवसायी समिती गठन

नुवाकोट काठमाडौ दुग्ध व्यवसायी समिती गठन

1570
Shares
नुवाकोट काठमाडौ दुग्ध व्यवसायी समिती गठन

काठमाडौ | नुवाकोटबाट काठमाडौमा दुग्ध व्यवसाय गर्दै आउनु भएका व्यवसायीहरुको भेला नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालको प्रमुख आतिथ्यतामा नुवाकोट काठमाडौ दुग्ध व्यवसायी समिती गठन गरियो ।

भेलामा नुवाकोटका दुग्ध व्यवसायी, किसान गरि करिब ७० जना भेलामा उपस्थिती भएका थिए । भेलामा नेपाल डेरी एसोसिएसनका केन्द्रिय उपाध्यक्ष मनोज कुमार घिमिरे, सह–कोषाध्यक्ष रामभक्त दाहाल, बागमती प्रदेश उपाध्यक्ष ध्रुब तिवारी, सचिब श्याम घिमिरे एवं केन्द्रिय कार्यालय प्रमुख रबिन्द्र के.सि अतिथिको रुपमा सहभागी हुनुभएको थियो ।

भेलामा हाल दुग्ध व्यवसायमा भएका समस्या र समाधानका बिषयमा व्यापक छलफल भयो । एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले आफ्नो मन्तव्यको क्रममा संगठन नै सबैभन्दा ठूलो कुर हो, सबै व्यवसायी मिलेर संगठनलाई अघि बढाउनु राम्रो हुने र सबैको हित हुने कुर बताउनु भयो । नुवाकोटमा रहेका दुग्ध व्यवसायीहरुले अब एसोसिएसनमा पनि आवद्ध हुदा नुवाकोटमा जिल्ला समिती समेत बनाउन सकिने कुर बताउनु भयो ।

मनोज कुमार घिमिरेले संस्था बिना कोहि कसैको भलो नहुने र कुनै पनि पेशामा संस्थाको खाचो पर्ने कुरा बताउनु भयो भने ध्रुब तिवारिले आफू जन्मेको नुवाकोटमा रहेका व्यवसायीहरुलाई एकीकृत गर्दै समिती बनाउन लागेकोमा खुशी व्यक्त गर्नु हुँदै नुवाकोट काठमाडौ दुग्ध व्यवसायी समिती देवराज बजगाईको संयोजकत्वमा १७ सदस्यीय समिती गठन गरियो ।

1570
Shares

ट्रेन्डिङ