धनगढी | बाजुरामा एम्बुलेन्स दुर्घटनामा परेको छ। स्वामिकार्तिक खापर गाउँपालिकाको एम्बुलेन्स बिहीबार वडा नम्बर ३ मा दुर्घटना भएको हो।
स्थानीय जय शाहीलाई लिन गएको एम्बुलेन्स गाउँपालिकाको जुकोट रिब्डा सडक खण्डअन्तर्गत रिब्डा खोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश ००१ झ ३९१ नम्बरको एम्बुलेन्स सडकबाट करिब १० मिटर तल खसेको थियो।
एम्बुलेन्समा चालक कृति कटेल र बिरामी शाही सकुशल रहेका छन्। दुर्घटनाबाट मानवीय क्षति नभए पनि एम्बुलेन्स सामान्य रूपमा क्षतिग्रस्त पुगेको प्रहरीले जनाएको छ।