सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • बनेपाले गर्यो ५०% अनुदानमा मिनीटिलर वितरण

बनेपाले गर्यो ५०% अनुदानमा मिनीटिलर वितरण

2005
Shares
बनेपाले गर्यो ५०% अनुदानमा मिनीटिलर वितरण

काभ्रे | काभ्रेको बनेपा नगरपालिकाले आज एक कार्यक्रमको विच किसान संगकै लागत साझेदारीमा ६५ जना किसानलाई मिनीटीलर वितरण गरेको हो।

बनेपा नगरको बार्षिक कार्यक्रम अन्तरगत रहेको कृषिमा यात्रीकरण कार्यक्रमलाई निरन्तरता प्रदान गर्दै लागत साझेदारीमा हाते ट्याक्टर वितरण गरिएको हो।

किसानको हातमा मिनीटिलर दिदै बनेपा प्रमुख शान्ति रत्न शाक्यले बनेपा नगरको किसानको सुख दुखमा सदैब नगरले साथ दिने बाचा गर्दै केहि समय अघि आआअएको लम्कीस्किनको महामारीमा मरेका पशुलाई राहात स्वरुप नगद वितरण गरिएको जानकारी दिए।

संगै सो रोगबाट थप क्षेति नहोस भन्ने हेतुले नगरले नगरले आफ़ौले नगरभरका पशुहरुको स्वास्थ्य विमा गराएको पनि जानकारी दिएका थिए। उनले आज वितरण भएको मिनीटिलरले पनि कृषि कर्म गर्ने किसानलाई थप साहयता प्रदान गर्नेमा आफु विस्वस्थ रहेको बताए।

सो मिनीटीलरको लागत करिब ३३ हजार छ। जुन आधा किसानले जम्मा गरेपछि नगरले टेन्डर मार्फत खरिद गरि हस्तान्तरण गरेको हो। बनेपाका किसानलाई ५० % प्रतिशत आफ्नै लागत र बनेपा नगरको लागत साझेदारीमा वितरण गरिएको हो।

वितरणमा नगर उप प्रमुख विमला सापकोटा , नगरलका प्रमुख प्रशासकीय अधिकृत भोला प्रा चापागाई तथा संचारकर्मीको बाक्लो उपस्थितिमा मिनीटिलर किसानलाई हस्तानतरण गरिएको थियो।

2005
Shares

ट्रेन्डिङ