सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • सुनको भाउ ३ दिनदेखि स्थिर, चाँदीको बढ्यो

सुनको भाउ ३ दिनदेखि स्थिर, चाँदीको बढ्यो

1510
Shares
सुनको भाउ ३ दिनदेखि स्थिर, चाँदीको बढ्यो

काठमाण्डौ | मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।

आइतबार प्रतितोला एक हजार रूपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको मूल्य सोमबार र मंगलबार स्थिर रहेको हो। आइतबार सुन हालसम्मकै उच्च विन्दुमा पुगेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने बढेको छ। सोमबार प्रतितोला १४ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १४ सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

1510
Shares

ट्रेन्डिङ