सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय कराते प्रतियोगिता

अन्तर्राष्ट्रिय कराते प्रतियोगिता

4810
Shares
अन्तर्राष्ट्रिय कराते प्रतियोगिता

भारतको कोलकत्तामा हुने तेस्रो खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा १४ पुरुष तथा सात महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने भएका छन् ।
यही माघ १४ देखि १६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी २१ खेलाडीसहित २४ सदस्यीय नेपाली कराते टोलीलाई नेपाल सोतोकान कराते सङ्घका अध्यक्ष विष्णु कार्की र नायिका रेखा थापाले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाई गर्नुभयो ।
पुरुष खेलाडीमा दिवश श्रेष्ठ, सुरज श्रेष्ठ, कृष मानन्धर, सन्दीप थापामगर, डिकेश मानन्धर, सवीन थापामगर, विजय बस्नेत, सुजन कार्की, रञ्जीत तामाङ, सुशान्त मोडक, विनोद रोका, दत्त बुढा, फ्रिजल शाही र मनोज थापामगर छन् ।
त्यसैगरी महिलातर्फ सीता तामाङ, सपना तामाङ, निशा श्रेष्ठ, लक्ष्मी दुलाल, कृषा शेर्पा, सुजना तामाङ र पूजा ओलीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । खेलाडीहरुले कुमुते र व्यक्तिगत कातामा प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै टोली नेतामा नेपाल सोतोकान कराते सङ्घका महासचिव एवम् प्रमुख प्रशिक्षक श्याम शेर्पा तथा प्रशिक्षकमा कृष्णकुमार मानन्धर र गोपाल कटवाल हुनुहुन्छ । नेपाली टोली भोलि मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नेछ । रासस

4810
Shares

ट्रेन्डिङ