सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • खानेपानी कार्यालयका प्रमुखसहित ५ जना विरुद्ध मुद्धा दायर

खानेपानी कार्यालयका प्रमुखसहित ५ जना विरुद्ध मुद्धा दायर

980
Shares
खानेपानी कार्यालयका प्रमुखसहित ५ जना विरुद्ध मुद्धा दायर

काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ऊर्जा विकास कार्यालय मुगुका कार्यालय प्रमुख राजिव रिमालसमेत पाँच जना विरुद्ध गैरकानुनी लाभ हासिल गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७८-७९ मा मुगुको सोरु गाउँपालिका–५ को नेर सिँचाइ आयोजनाको पाइपलाइन कार्य एक हजार सात सय मिटर हुनुपर्नेमा आधा मात्रै काम गरी रु पाँच लाख ६१ हजार चार सय ८१ बराबरको रकम बढी भुक्तानी गरेको पाइएको छ ।

आयोगले कार्यालय प्रमुख रिमाल, सवइञ्जिनीयर नरबहादुर लावड, उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिराबहादुर शाही र सचिव तीर्थबहादुर शाही विरुद्ध रु पाँच लाख ६१ हजार चार सय ८१ बराबरको बिगो माग दाबी गरेको छ ।

आरोपीलाई बिगो बमोजिम कारबाहीको माग गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।

980
Shares

ट्रेन्डिङ