सबैको समाचार
बुधबार, असार ३१, २०८३
  • होमपेज
  • बुटवलमा अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ भारतीय नागरिक पक्राउ

बुटवलमा अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ भारतीय नागरिक पक्राउ

1575
Shares
बुटवलमा अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ भारतीय नागरिक पक्राउ

बुटवल :- बुटवलमा अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

बुटवलको कालिकानगरमा केही युवाहरूले फ्ल्याट भाडामा लिएर अवैध गतिविधि गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, डीएसपी विजयराज पण्डितले १३ जना भारतीय नागरिक र उनीहरूले प्रयोग गर्ने मोबाइल लगायतका सामान नियन्त्रणमा लिएको बताए ।

उनीहरूको बारेमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

1575
Shares

ट्रेन्डिङ