सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • भारतीय अभिनेता अल्लू अर्जुनविरूद्ध मुद्दा दर्ता

भारतीय अभिनेता अल्लू अर्जुनविरूद्ध मुद्दा दर्ता

1815
Shares
भारतीय अभिनेता अल्लू अर्जुनविरूद्ध मुद्दा दर्ता

भारत :- दक्षिण भारतीय अभिनेता अल्लू अर्जुनविरूद्ध मुद्दा दर्ता भएको छ।

उनीविरूद्ध आन्ध्र प्रदेशको पुलिसले मुद्दा दर्ता गरेका हुन्। आन्ध्र प्रदेशमा लोकसभा चुनावसँगै विधानसभा चुनाव हुँदैछ। नांघाल सिटबाट अल्लू अर्जनका साथी शिल्पा रवि चन्द्र किशोर रेड्डीले उम्मेदवार दिएका छन्। चुनाव प्रचारको अन्तिम दिन अल्लू अर्जुन साथीलाई समर्थन गर्न पुगेका थिए।

तर उनको साथीको घरअगाडि अल्लू अर्जुनलाई हेर्न उनका फ्यानहरूको भिड लाग्यो। आन्ध्र प्रदेशमा चुनावी माहोलका कारण आचार संहिता लागू भएको छ। यस्तो अल्लू अर्जुनको लागि भिड जम्मा भएको खबर पाउने बित्तिकै पुलिसले ठोस कदम चालेको थियो। उनीविरूद्ध मुद्दा नै दर्ता गरिएको छ।

अल्लू अर्जुनको हालै फिल्म ‘पुष्पा २’ को पहिलो गीत सार्वजनिक भएको थियो। जसलाई दर्शकले रूचाइरहेका छन्।

1815
Shares

ट्रेन्डिङ