सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • आई पी भी खोप अभियान हुदै , १७ हजार बालबालिकामा लगाईदै

आई पी भी खोप अभियान हुदै , १७ हजार बालबालिकामा लगाईदै

1505
Shares
आई पी भी खोप अभियान हुदै , १७ हजार बालबालिकामा लगाईदै

काभ्रे :- स्वास्थ्य तथा निर्देशनालय जनस्वास्थ्य कार्यालय काभ्रेले आज जिल्ला स्थरिय खोप समन्वय समितिका पदाधिकारी तथा पत्रकारहरु संग जिल्लाको आवस्था र अभियानका बारेमा जानकारी सहितको बैठकमा खोप अभियान बारे जानकारी दीएको हो।

बालबालिकाहरुमा आई पी भी खोप अभियान संचालन गर्ने जानकारी गरेको हो। जिल्लाका १३ वटै स्थानियतहमा यो कार्यक्रम संचालन हुनेछ। जिल्लाका १३ वटै स्थानिय तहमा आगामी १३ गते देखि २६ गते सम्म संचालन गरिदै छ। जिल्ला भर १७ हजार ७ सय ५९ जना बालबालिका जो २०७३ देखि २०७५ सम्म जन्मिएका बालबालिकालाई खोप लगाईदै छ।

यो समयमा जन्मिएका बच्चाहरुमा यो खोप अभाब विस्वभर हुदा यो समूहका बालबालिका छुटेकाले यो अभियान संचालनमा ल्याईएको हो। यो उमेर समूह बाहेकका अन्य बालबालिकालाई भने अन्य खोप अभियानकै बेलामा आई पी भी खोप लगाईदै आएको जनस्वास्थ्य कार्यालय काभ्रेको प्रमुख रागिश्री कक्षपति श्रेष्ठले बताईन।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दिपक कु गौतम , जिल्ला प्रशासन कार्यालयका प्रमुख रुद्रा देवी शर्मा , डब्लुएचओका नेपाल प्रतिनिधि स्थाथ्यकार्यालयका कर्मचारी लगाएतको उपस्थिति रहेको थियो।

1505
Shares

ट्रेन्डिङ