सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काभ्रेमा श्रीमतीसङ्ग विबाद हुदा मट्टीतेल छर्केर आत्मदाहाको प्रयास

काभ्रेमा श्रीमतीसङ्ग विबाद हुदा मट्टीतेल छर्केर आत्मदाहाको प्रयास

745
Shares
काभ्रेमा श्रीमतीसङ्ग विबाद हुदा मट्टीतेल छर्केर आत्मदाहाको प्रयास

काभ्रे :- जिल्लाको बनेपा नगरपालिका वडा न ७ मा एक ब्यक्तिले आफ्नै शरीरमा मट्टीतेल छर्कीएर आगो लगाएर आत्मदाहाको प्रयास गरेका छन् ।

पर्सा विरगंज महानगरपालिका वडा न २७ घर भई बनेपा ७ तरकारी बजारमा श्याम कृष्ण श्रेष्ठको घरमा डेरा गरी बस्ने बर्ष ३५ को अरूण कुमार यादवले श्रीमतीसंग विवाद गरी आफैले मट्टीतेल छर्केर आगो लगाएको ईप्रका बनेपा इन्चार्ज लालध्वज सुवेदीले बताए ।

घाईते यादबको दुई हात र छातीको भाग जलेको अवस्थामा शिर मेमोरियल अस्पताल बनेपामा उपचार भैरहेको छ । निजको श्रीमती बर्ष ३० को उषादेबि यादब र जुम्ल्याहा बच्चालाई मानब सेवा आश्रम पठाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

घाईते अरुणको उपचार शीर मेमोरियल अस्पताल बनेपामा निजका भतिज लड्डु साहको सम्लग्नतामा भैरहेको प्रहरीले जनाएको छ ।

745
Shares

ट्रेन्डिङ