सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • अन्तिम दिनसम्म २६ दल दर्ता

अन्तिम दिनसम्म २६ दल दर्ता

4070
Shares
अन्तिम दिनसम्म २६ दल दर्ता

क्षेत्रीय निर्वाचन कार्यालय कैलालीमा दल दर्ता गर्ने अन्तिम म्याद सोमाबारसम्म २६ दल दर्ता भएका छन । स्थानीय निर्वाचनको चर्चा चलिरहेका बेला जिल्लामा यसपालि १० दल घटेको निर्वाचन कार्यालयले जनाएको छ ।
संविधानसभाको दोस्रो निर्वाचनमा कैलालीमा प्रत्यक्ष निर्वाचनका लागि ३६ र समानुपातिकतर्फ धेरै दल सहभागी थिए ।
दल दर्ताको अन्तिम दिन नयाँ शक्ति नेपालले पनि क्षेत्रीय निर्वाचन कार्यालयमा दल दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।
केन्द्रमा दर्ता भएका दलहरुले सम्बन्धित जिल्लाको निर्वाचन कार्यालय वा क्षेत्रीय निर्वाचन कार्यालयमा पनि विवरण राख्नका लागि दल दर्ता गराउनुपर्ने नियम छ । रासस

4070
Shares

ट्रेन्डिङ