काभ्रे :- जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका जाँदै गरेको बोलेरो दुर्घटना हुँदा ४ जना घाईते भएका छन ।
रोशी गाउँपालिका वडा न १० डाडागाउँ स्थित भित्री सडक खण्डमा बनेपाबाट महाभारत तर्फ जादैँ गरेको बागमती प्रदेश ०१-०३० च. ०७७९ नं. बोलेरो गाडिको ब्रेक फेल भई सडक छेउमा पल्टीदा ४ जना मानिस घाईते भएका हुन।
घाइतेहरुमा चालक महाभारत गाउँपालिका वडा न ०७ बनखु बस्ने वर्ष २९ को सविन घलान , सोही स्थान बस्ने वर्ष ५५ को दुर्गा बहादुर पाख्रिन , जोमो माया पाख्रिन र वर्ष १७ को सोनाम मोक्तान रहेका छन ।
घाईतेलाई उद्दार गरि धुलिखेल अस्पताल पठाएको र घाईतेहरुको हात बाचिनुका साथै सामन्य चोटपटक रहेको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिएका छन ।