काभ्रे :- नेपाल कम्युनिष्ट पार्टी (एमाले)काभ्रेको ११ औ अधिबेशनबाट अध्यक्षमा राजन भुर्तेल विजयी भएका छन् ।
ओलिले नै धुलिखेल आएर सुरु गरेको अधिवेशनले अन्तिम मतपरिणामअनुसार तीन सय ८० मत प्राप्त गरी भुर्तेलले विजयी हासिल गरेका हुन् । अध्यक्षका प्रतिस्पर्धी बाग्मती प्रदेश सरकारका पुर्व मन्त्री समेत भैसकेका चन्द्र बहादुर लामालाई हराएका छन ।
लामाले दुई सय ९९ मत प्राप्त गरेका छन् । ८१ मतले पछि पार्दै भुर्तेल बिजयी भएका छन । भुर्तेल बर्तमान जिल्ला कार्यसमितीका सचिब हुन भने लामा उपाध्यक्ष थिए । नब निर्वाचित उपाध्यक्षमा देबसागर लामा, सचिबमा राजकुमार सापकोटा निर्वाचित भएका छन ।
सापकोटाले ४ सय ४४ मत ल्याए । उप सचिबमा रत्नकुश रन्जितकार र सुर्यमाया दनुवार निर्वाचित भएका छन् । कुल ६ सय ९२ मतदातामध्ये ६ सय ७९ जनाले मतदान गरेका थिए । अधिवेशनबाट १ सय ५ जनाको कार्यसमिति चयन भएको छ ।
भोटिङ भने इलेक्ट्रिक भोटिङ मेशिन प्रयोग गरी गरीएको थियो ।