सबैको समाचार
शुक्रबार, असार १४, २०८१
  • होमपेज
  • चर्को गर्मीका कारण भारतमा ३०० भन्दा बढीले ज्यान गुमाए

चर्को गर्मीका कारण भारतमा ३०० भन्दा बढीले ज्यान गुमाए

75
Shares
चर्को गर्मीका कारण भारतमा ३०० भन्दा बढीले ज्यान गुमाए

काठमाडौं । चरम गर्मीका कारण  भारतमा ३०० भन्दा बढीको मृत्यु भएको छ ।

यस्तै बिहारमा पछिल्लो ३ दिनमा गर्मीका कारण ६९ जनाको मृत्यु भएको छ ।  पछिल्लो ४ दिनमा तातो लहरका कारण राजस्थानमा ६०, झारखण्डमा ३७, ओडिशामा १८, मध्य प्रदेशमा २ र दिल्लीमा एक जनाको मृत्यु भएको छ 

गर्मीका कारण अस्पतालहरुमा बिरामीहरुको चाप बढेको छ । बिरामीको चाप थेग्न नसकेपछि गम्भीर अवस्थाका बिरामीलाई मात्र अस्पतालमा भर्ना गरेर अन्यलाई औषधि दिएर घर पठाउने गरिएको छ ।

गर्मीका कारण कतिपयले बाटोमा हिँड्दाहिँड्दै ज्यान गुमाएका छन् । सवारी साधनका चालक र सह चालकहरुको पनि ज्यान गएको छ । भारतको परिवहन निगमका तीन चालक र एक कन्डक्टरको यात्राको क्रममा मृत्यु भएको छ । 

धेरै मृत्यु उत्तर प्रदेश, बिहार, राजस्थान, हरियाणामा भएका छन् । मृतकहरु अधिकांश सडकमा बेवारिसे जीवन बिताउनेहरु रहेका छन् । यसैगरी उत्तर प्रदेशमा १८ जुनमा मात्रै १७० जनाको मृत्यु हिट स्ट्रोकका कारण भएको थियो । उत्तर प्रदेशका धेरैजसो राज्यहरुमा अधिकतम तापक्रम ४७–४८ डिग्री सेल्सियससम्म पुगेको थियो ।

अमर उजालाको एक रिपोर्ट अनुसार १८ जुनमा प्रयागराज शहरका अलग अलग शवदाह गृहमा यति धेरै शवहरु ल्याइएको थियो कि सडकसमेत जाम भएको थियो ।

75
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका