सबैको समाचार
बिहिबार, असार २०, २०८१
  • होमपेज
  • पनौती वडा नं. ९ बालश्रम मूक्त वडा घोषण

पनौती वडा नं. ९ बालश्रम मूक्त वडा घोषण

90
Shares
पनौती वडा नं. ९ बालश्रम मूक्त वडा घोषण

काभ्रे । पनौती नगरपालिका वडा नं. ९ बालश्रम मूक्त वडा घोषण कार्यक्रम तथा बालमैत्री स्थानिय शासन यूक्त वडा घोषणको तेस्रो वार्षिकत्सव समारोह सम्पन्न भएको छ ।

‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नाराले पनौती नगरपालिका वडा नम्बर ९ मा सार्थकता पाएको छ । कार्यक्रममा नगर प्रमुख रामशरण भण्डारीले एक कार्यक्रमका बीच वडाध्यक्ष सहकुलकुमार हुमागाईलाई वडा नम्बर ९ बालश्रमुक्त भएको प्रमाणपत्र प्रदान गरे । बालश्रममुक्त हुनका लागि सबै मापदण्ड पूरा गरेपछि यस वडालाई बालश्रममुक्त घोषणा गरिएको नगर प्रमुख भण्डारीले बताए ।

पनौती नगरपालिकामा १२ वटा वडा नै बलश्रममुक्त वडा घोषण भईसकेको अब केही दिनमा नगरपालिका गर्ने तयारीमा रहेको उनले जानकारी दिए । नगरपालिकाले बालमैत्री स्थानीय तह घोषणा कार्यविधी, २०७८ अनुसार पुरा गर्नुपर्ने ५१ सूचक पुरा गरेका वडाहरुलाई बालश्रम मुक्त वडा घोषणा गरेको बताएको छ ।

पनौती नगरपालिका वडा नं.९ को आयोजनामा आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर वडा नं. ९ लाई बालश्रममूक्त वडा नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले घोषण गरेका हुन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख भण्डारीले बालश्रम कानुन विपरितको कार्य र सामाजिक अपराध भएकाले बालबालिकाहरुलाई श्रममा लगाउने कामलाई पूर्ण रुपमा निरुत्साहित गर्नुपर्ने बताए । हरेक बालबालिकाहरुले परिवारसंग बस्ने, स्कुल जाने अधिकार पाउने भएकाले उनीहरुको आधारभुत अधिकारको रक्षा गर्दै उनीहरुको उज्वल भविश्य निर्माणमा सघाउनु हरेक नागरिकको दायित्व भएको समेत भण्डारीले बताए ।

साथै नगर उपप्रमुख गीता बन्जाराले पनौती नगरले आफ्नै लगानी र श्रोत प्रयोग गरेर ५१ वटा सुचक पुरागर्न सफल भएको बताइन् । उनले वडा नं. ९ बालश्रममुक्त घोषणा भएको छ, यसलाई सबैले अपनत्व लिइ आगामी दिनमा बालबालिकालाई बालश्रममा नलगाउन र कसैले लगाएमा खबरदारी गर्न समेत आग्रह गरिन ।

कार्यक्रममा नगरपालिकाका बालमैत्री शाखा प्रमुख केशव बन्जाराले आजको यो उपलब्धि बालमैत्री सहजकर्ता र जनप्रतिनिधि सबैजना दिनरात नभनी खटिएको कारण प्राप्त गर्न सकिएको बताए । उनले यस कार्यको लागि एक घर एक मिनेट जनप्रतिनिधि अभियाननै संचालन गरेको पनि बताएका छन् । आजबाट सबै वडा बालश्रममुक्त वडा घोषण सकिएको समेत उनले जानकारी दिए ।

कार्यक्रममा वडा अध्यक्ष सहकुलकुमार हुमागाईले यस कार्यमा सघाउनु वडाबासी लगायत वडामा विभिन्न तहमा रहेर सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिएका थिए । हुमागाईले वडाका हरेक श्रम हुने क्षेत्रलाई निगरानी गरिने र बालबालिकाहरुको प्रयोग भएको पाईएमा कानुन बमोजिम कारबाहिको प्रकृयामा जाने बताउँदै बालश्रममुक्त घोषणालाई व्यवहारिक कार्यान्वयनमा सम्बन्धित सबै सरोकारवालाहरुले ध्यान दिनुपर्ने बताए ।

बालबालिकामाथी श्रम र हिंसा गर्ने मानिसले समाजको लागि केही गर्न नसक्ने धारणा पनि उनको थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, नगरपालिकाका शिक्षा शाखा निर्देशक प्रणराज न्यौपाने, वडा अध्यक्षहरु लगायतले बालबालिकाहरुको अधिकार सुरक्षित गराउँदै उनीहरुलाई कानुन विपरितका श्रममा नलगाउने आग्रह गरेका थिए ।

कार्यक्रममा बालश्रम नगर्ने भनी सामुहिक प्रतिबद्धता समेत गरिएको थियो । कार्यक्रममा उद्योगी व्यवसायीलाई बालश्रममुक्त वडा घोषणा गर्न सहयोग गरेको भन्दै सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तैगरि वडा भित्रका सबै बिद्यालय, स्वास्थ चौकी, प्रहरी चौकी, स्वयंसेवीका, पत्रकार , लगाएतकालाई पनि अभियानमा सहयोग पु¥याएको भन्दै सम्मान गरेको थियो ।

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी भाइबहिनीहरुले बालश्रम सम्बन्धि नाटक नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।

90
Shares

ट्रेन्डिङ