सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता

2555
Shares
अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता

नेपाल तेक्वान्दो सङ्घमा आबद्ध युनाइटेड तेक्वान्दो डोजाङको आयोजनामा प्रथम काठमाडौँ अन्तर्राष्ट्रिय क्योरुगी तथा पुम्से तेक्वान्दो च्याम्पियनसिप यसै महिनामा हुने भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने उक्त प्रतियोगिता यही माघ २७ देखि २९ गतेसम्म सञ्चालन गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक नोर्बु लामाले जानकारी दिनुभयो ।
उहाँकाअनुसार प्रतियोगितामा नेपालसहित कोरिया, भारत, बङ्गलादेश, भुटान, मलेसिया, इन्डोनेसिया र सिङ्गापुर गरी करिब पाँचसय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा १२ देखि १४ वर्षको क्याडेट महिला तथा पुरुष, १५ देखि १७ वर्षको जुनियर महिला तथा पुरुष र १७ वर्ष माथिको सिनियर महिला तथा पुरुषको स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा फाईट (क्योरुगी) तर्फ ४० तथा पुम्सेतर्फ ३८ स्वर्ण गरी कुल ७८ स्वर्ण पदकका लागि भिड्न्त हुनेछ । रासस

2555
Shares

ट्रेन्डिङ