सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • पुल बाढीले बगाउँदा गोरखा–आरुघाट सडक अवरुद्ध

पुल बाढीले बगाउँदा गोरखा–आरुघाट सडक अवरुद्ध

500
Shares
पुल बाढीले बगाउँदा गोरखा–आरुघाट सडक अवरुद्ध

गोरखा :- ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि बेनिघाट-आरुघाट सडक अवरुद्ध भएको छ।

भीमसेन थापा गाउँपालिका-७ र शहीद लखन गाउँपालिका-९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि यो सडकमा यातायात पूर्णरूपमा अवरुद्ध भएको भीमसेन थापा गाउँपालिका-७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए।

गत वर्ष निर्माण भएको डाइभर्सन पुल एक वर्ष पूरा नहुँदै बाढीले क्षति पुर्‍याएको हो। भीषण बाढीले पुलको दायाँबायाँ रहेको ‘ग्याविन वाल’ पनि बगाएको छ। पुल भत्किएपछि बेनिघाट-आरुघाट सडकखण्डमा यातायात पूर्णरूपमा ठप्प भएको छ।

‘सडक अवरुद्ध हुँदा काठमाडौँबाट बेनिघाट, आरुघाट हुँदै आर्खेतसम्म नियमित सञ्चालन हुने सवारीसाधन चल्न सकेका छैनन्’, वडाध्यक्ष श्रेष्ठले भने, ‘सिमलटार, पिपलटार महादेवटारलगायत तल्लो क्षेत्र हुँदै गोरखा सदरमुकामसम्म आवतजावत गर्न गर्न असहज भएको छ।’

500
Shares

ट्रेन्डिङ