सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • भारतको केरलामा भीषण पहिरो, ४५ जनाको मृत्यु

भारतको केरलामा भीषण पहिरो, ४५ जनाको मृत्यु

1070
Shares
भारतको केरलामा भीषण पहिरो, ४५ जनाको मृत्यु

काठमाडौं । दक्षिण भारतको केरला राज्यमा भीषण वर्षापछि पहिरो जाँदा कम्तीमा ४५ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयले ३६ जनाको शव पहिरो गएकै स्थानमा र ९ जनाको शव चलियार नदीले बगाएर मालाप्पुरम जिल्लामा भेटिएको बताइएको छ ।

प्रदेश स्वास्थ्यमन्त्री विना गोरेजले केही समयपछि क्षतिको एकिन विवरण दिन सकिने प्रतिक्रिया दिएकी छन् । उनले ७० जना घाइतेको उपचार भइरहेको र १०१ जनाको उद्धार गरिएको बताएकी छन् ।

स्थानीय अधिकारी डीआर मेघश्रीले सञ्चारमाध्यमलाई बताएअनुसार वायनाडमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको थियो भने छिमेकी मलपुरम जिल्लामा चलियार नदीमा बगेका नौवटा शव फेला परेका थिए।

अहिलेसम्म करिब १०० जनाको उद्धार भएको छ।

1070
Shares

ट्रेन्डिङ