सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • लेबनानमा रहेका नेपाली श्रमिकलाई सचेत रहन आग्रह

लेबनानमा रहेका नेपाली श्रमिकलाई सचेत रहन आग्रह

1130
Shares
लेबनानमा रहेका नेपाली श्रमिकलाई सचेत रहन आग्रह

काठमाडौँ । लेबनानमा रहेका नेपालीहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

इजिप्टको कायरोस्थित नेपाली राजदूतावासले विज्ञप्ती जारी गर्दै लेबनानमा विकसित घटनाक्रमबाट सतर्क रहन आग्रह गरेको हो।

दूतावासले सूचना सार्वजनिक गर्दै लेबनानको दायिहयामा इजरायली आक्रमणमा परेर हिज्बुल्लाहका वरिष्ठ कमान्डर फुआद सुकर मारिएपछि मध्यपूर्वमा तनाव बढ्ने अवस्था सिर्जना भएकाले त्यहाँ रहेका नेपालीलाई सुरक्षित भएर बस्न सचेत गराएको हो । 

दूतावासले सहायताका लागि नेपाली राजदूतावास कायरो र बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासका नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।

विकसित घटनाक्रमको निरन्तरता अनुगमन गरिरहेको एवं नेपाली नागरिकको सुरक्षाका लागि बेरुतस्थित अवैतनिक वाणिज्य दूतावासमार्फत सम्बन्धित निकायसँग सम्पर्क र समन्वय गरिरहेको दूतावासको सूचनामा उल्लेख छ । 

दूतावासले कायरोमा द्वितीय सचिव दीपक घिमिरे र तृतीय सचिव माधवराज काफ्लेलाई सम्पर्क व्यक्ति तोकेको छ।

लेबनानमा रहेका नेपालीहरुको सूची अद्यावधिक गर्ने दूतावासको वेबसाइटमा रहेको लिंक https://eg.nepalembassy.gov.np/registration-of-nepali-nationals-in-lebanon/ मार्फत् आवश्यक विवरण उपलब्ध गराइदिन पनि दूतावासले अनुरोध गरेको छ।

1130
Shares

ट्रेन्डिङ