सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • खुम्बु क्षेत्रमा हिमताल फुटेको आशङ्का

खुम्बु क्षेत्रमा हिमताल फुटेको आशङ्का

440
Shares
खुम्बु क्षेत्रमा हिमताल फुटेको आशङ्का

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा थामे क्षेत्रमा अहिले ठुलो बाढी आइरहेको छ । त्यहाँ  हिमताल फुटेको आशङ्का गरिएको छ ।

सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले हिमपहिरो आएको हो वा हिमताल फुटेको हो भन्ने यकिन हुन नसकेको बताएका छन् ।

अहिलेसम्म दुई वटा होटल पूर्ण रूपमा बगाएको र मानवीय क्षतिको विवरण प्राप्त नभएको पाण्डेले बताए ।

साेलुका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार, तीनवटा घर बगाएको, चार–पाँचवटा घर तान्न लागेको छ ।त्यस क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको छ ।

440
Shares

ट्रेन्डिङ