क्यानबेरा ।अस्ट्रेलियाको क्यानबेरामा आँधीका कारण १ जनाको मृत्यु भएको छ भने दशौं हजार अस्ट्रेलियालीहरू प्रभावित भएका छन् ।
आँधीका कारण सोमवार बिहान रूख भाँचिएर लाग्दा एक महिलाको मृत्यु भएको न्युसाउथ वेल्सका अधिकारीहरूले पुष्टि गरेका छन् ।
शक्तिशाली बतास र भारी वर्षाले दक्षिणपूर्वी अस्ट्रेलियामा ठूलो क्षति पुर्याएकाे छ । अस्ट्रेलियाको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको राज्य भिक्टोरियामा सोमवार बिहान ८ बजेसम्म १ लाख ४० हजारभन्दा बढी मानिस विद्युतविहीन थिए ।