सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • दसैको अवसरमा १६ दिनसम्म बनेपामा महोत्सव

दसैको अवसरमा १६ दिनसम्म बनेपामा महोत्सव

970
Shares
दसैको अवसरमा १६ दिनसम्म बनेपामा महोत्सव

काभ्रे । बनेपा व्वाईज क्लब बिबिसीले पाँचौ बनेपा महोत्सवको आयोजना गर्ने भएको छ । नेपालीको महान् चाड दसैको अवसर पारेर बिबिसीले १६ दिने लामो महोत्सव आयोजना गर्न लागेको हो ।

व्यापारिक, साँस्कृतिक तथा मनोरञ्जनात्मक सहित पाँचौ बनेपा महोत्सव गर्न लागेको बनेपामा पत्रकार सम्मेलनको आयोजना गरि बिबिसीले जानकारी दिएको छ ।

बुधबार मेलाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष महेश कर्मचार्यले बनेपाको गरिमालाई उच्च बनाउने, आन्तरिक पर्यटनलाई आर्कर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, औधोगिक, हस्तकलालाई प्रर्बद्धन गर्ने, खेलकुदको विकास, कला, संस्कृति, घरेलु÷उद्योग र ब्यपारिक प्रर्बद्धन गर्ने उदेश्यले हाम्रो अभियान खेलको शान, साँस्कृतिक, मनोरञ्जनात्मक खेल मेला बनेपा महोत्सब २०८१(पाँचौ संस्करण) आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले विगतका वर्षहरुमा पनि महोत्सब भब्य रुपमा सफल भएकोमा यस वर्ष पनि सम्पुर्ण काभ्रे तथा आसपासका जिल्ला बासीहरुलाई महोत्सवमा आब्हान गरिएका छ ।

आगामी असोज ९ देखी असोज २४ सम्म हुने, दैनिक राष्ट्रिय कलाकार सम्मिलित साँस्कृतिक कार्यक्रम हुने, महिला भविबल, युथ फुटबल, खुल्ला नृत्य तथा गायन, मार्सलआर्ट र धिमेबाजा प्रतियोगिताको आयोजना गरिनेछ । उक्त महोत्सबको संरक्षक क्लबको मातृ टिम विविसी रहने छ भने, ब्यबस्थापन संयुक्त नेपाल मेला महोत्सब गुप्रले गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा क्लबका सल्लाहकार राम जोशी, टिम विविसीका अध्यक्ष विकास पन्त, पत्रकार महासघंका अध्यक्ष बद्रीराज तिमल्सिनाको सहभागिता रहेको थियो ।

970
Shares

ट्रेन्डिङ