सबैको समाचार
आइतवार, भदौ ७, २०८३
  • होमपेज
  • हृदयघातका कारण प्रकाश राईको मृत्यु

हृदयघातका कारण प्रकाश राईको मृत्यु

1085
Shares
हृदयघातका कारण प्रकाश राईको मृत्यु

काठमाडौं :- ५ दिनअघि ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु भएको छ।

४५ वर्षीय राईलाई बुधबार बिहानै हृदयघात भएको चाल पाएपछि ग्रान्डी पुर्‍याइएको थियो।

मोरङको बेलबारी घर भएका राईले ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै पछि ओभरल भिडन्तमा मिस्टर काठमाडौं जितेका थिए । राई टीम म्यानेजरसहित होटलमा बस्दै आएका थिए ।

‘टीम म्यानेजरले पानी खाउँ दाइ ? भन्दा खाउँ भनेपछि पानी तताउन लाग्दा प्रकाश कोल्टे परेको देखेर सीपीआर दिएका रहेछन् । तत्कालै अस्पताल पुर्‍याइएको छ’, मिस्टर काठमाडौं आयोजक काठमाडौं जिल्ला बडि बिल्डिङ संघका अध्यक्ष सुरेश सुवेदीले जानकारी दिए ।

घटनापछि राईका आफन्त मोरङबाट काठमाडौं आइपुगेका छन् ।

1085
Shares

ट्रेन्डिङ