काभ्रे :- अबिरल बर्षाको कारण पहिरोमा परी १ जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोक बेथान्चोक गाउँपालिकाको वडा न- ५ च्याल्टीमा पहिरोमा पुरिएर ४५ बर्षिय प्रेम बहादुर वाईवाको मृत्यु भएको छ ।
बेथान्चोक वडा न ५ मै रहेको साजीखोल्सा तरेर गैसक्दा बारीको काल्ला माथिबाट आएर प्रेम ब वाईबाको मृत्यु भएको बेथान्चोक गाउपालिका वडा न ५ का वडा अध्यक्ष राज कुमार बाईवाले बताउनु भयो ।
वडा अध्यक्षका अनुसार घटना स्थलमा अहिले प्रहरी सहित पुग्दै गरेको जानकारी दिनु भएको छ । मृतक घर पुग्न ३ सय मिटर बाकी रहदा माथिबाट आएको पहिरोले उनलाई पुरेको वडा अध्यक्ष बाईबाले बताउनु भयो ।