काभ्रेपलाञ्चोक । पतञ्जलि आयुर्वेदिक काभ्रेले बाढीपहिरो प्रभावित समुदायहरूलाई ठोस राहत सामग्री प्रदान गरेको छ । पतञ्जलिले पनौती नगरपालिका वडा नं. ११ नेपानेका बाढीपहिरो पीडितहरूलाई १५ देखि २० दिनसम्मका लागि खाना पुग्ने गरी आवश्यक राहत सामग्री वितरण गरेको छ ।
राहत सामग्री वितरण कार्यक्रममा चामल, दाल, तेल, नुन, चिनी लगायतका अत्यावश्यक खाद्य पदार्थहरू समावेश थिए । यस प्रकारको सहयोगले बाढीपहिरोले घरबार गुमाएका, आयस्रोतबाट वञ्चित भएका र असहाय अवस्थाम रहेका व्यक्तिहरूलाई केही राहत प्रदान गरेको छ । बाढीपहिरोले गर्दा प्रभावित व्यक्तिहरूको दैनिकी निकै कठिन भएको थियो, र यसले उनीहरूको दैनिक जीवनलाई केही सहज बनाउन मद्दत पु¥याएको छ ।
काभ्रेपलाञ्चोकको विभिन्न क्षेत्रमा पतञ्जलि आयुर्वेदिकले राहत सामग्री वितरण गरेका थिए । राहत वितरण कार्यक्रममा पतञ्जलि योग धुलिखेलका स्वामी र समाज सेवी ग्रोवन तौजले, काभ्रे रोट्ररी क्लव अफ २०२४÷२०२५ का प्रिसिडेन्ट रिकेश कायस्था लागयतको टिमले राहत समाग्री वितरण गरिएको थियो, जसले सामग्रीहरूलाई उचित र आवश्यक व्यक्तिहरूमा वितरण गर्न मद्दत पु¥याए। यसले राहतको कार्यलाई पारदर्शी र निष्पक्ष बनाएको छ ।
राहत कार्यले बाढीपहिरो पीडितहरूको मात्र नभई समुदायको मनोबल बढाउन पनि महत्वपूर्ण भूमिका खेलेको छ, जसले कठिनाइको समयमा आशा र सहयोगको भावना फैलाएको छ ।