पुजन धिताल / काभ्रे :- जिल्ला हुदै पुर्वको धेरै जिल्ला जानका लागी सहज बीपी राजमार्गमा धुलिखेलको वडा न. ११ पात्लेखेतको हसेरा नजिकैको खोल्सामा आएको बाडिले सडकमा लेदो आएका कारण अबरुद्ध भएको छ ।
आज बिहान देखि परेको अबिरल बर्षाका कारण गत असोज दोस्रो साता अबरुद्ध भएकै धुलिखेल वडा न. ११ पात्लेखेतको हसेरा नजिकै अबरुद्ध भएको हो । अहिले अबरुद्ध विपि राजमार्ग प्रहरी र स्थानियको सहयोगमा खुलाउने प्रयास भैरहेको अस्थाई प्रहरी पोस्ट काभ्रे भञ्ज्यामा कार्यरत रुद्र लामिछानेले जानकारी दिनुभयो ।
सडक विभागको पछिल्लो सुचना अनुसार विपि राजमार्गमा साझको ६ बजे देखि विहान ४ बजे सम्म सवारी आवागमनमा रोक लगाईएको तिहारमा पनि कायमनै छ ।
गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढीपहिरोका कारण बीपी राजमार्गको भकुण्डेबेंसी वर्षेखोला खण्ड काभ्रेको करिब १८ किलोमिटरभन्दा बढी लम्बाइको सडक पूर्ण रुपमा बगाएको थियो ।
बीपी राजमार्गमा ट्र्याक निर्माण गरी साना सवारीसाधन दुईतर्फी सञ्चालनमा ल्याईएको छ । विपिका अन्य खन्ड्मा भने अहिले सम्म अबरुद्धको खबर आएका छैन्न्न । यधपी सडकमा आएको पहिरो पुर्ण रुपमा नपन्छाउदा बर्षाका बखत अन्यन्त्र पनि अबरुद्ध हुने जोखिम रहेको छ ।
सङै जिल्लाको महाभारत गाउपालिका जानका लागि चौकिडाडामा सिपाली जाने पुल बगाएको स्थानमा हालिएको हिम पाईप पनि फेरि बगाएको छ । सो हिम पाईप बगाए सङै महाभारत गाउपालिका र सिपाली क्षेत्र सङको सडक सन्जाल पनि टुटेको छ ।