सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • रवि लामिछानेलाई आज म्याद थपका लागि अदालत पेस गरिँदै

रवि लामिछानेलाई आज म्याद थपका लागि अदालत पेस गरिँदै

रास्वपाले आज पोखरा लक्षित प्रदर्शन गर्ने तयारी

1015
Shares
रवि लामिछानेलाई आज म्याद थपका लागि अदालत पेस गरिँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पुनः म्याद थपका निम्ति अदालतमा पेस गरिँदै छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई आज म्याद थपको लागि कास्की जिल्ला अदालतमा लगिने भएको हो । कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण उनलाई आज मात्र अदालतमा पेस गर्न लागिएको हो ।

आज फेरि रविको म्याद थप गर्ने कि नगर्ने भन्नेबारे अदालतमा बहस हुने छ । म्याद थप गरेको अवस्थामा अदालतले तिहार बिदासमेत गणना हुने गरी निर्णय गर्नेछ ।

1015
Shares

ट्रेन्डिङ