सबैको समाचार
मङ्लबार, मंसिर २५, २०८१
  • होमपेज
  • अंश विवादमा छोराले गरे ७४ वर्षीय बाबुको हत्या

अंश विवादमा छोराले गरे ७४ वर्षीय बाबुको हत्या

405
Shares
अंश विवादमा छोराले गरे ७४ वर्षीय बाबुको हत्या

काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका-७ धारापानी स्थित पुजारी थुम्का बस्ने ७४ वर्षीय बलबहादुर श्रेष्ठलाई उनकै छोरा ४४ वर्षीय रामलाल श्रेष्ठले हँसिया प्रहार गरी हत्या गरेका हुन् ।

बाबुले अंश दिन नमानेपछि छोराले हँसिया प्रहार गरी हत्या गरेका छन् । बाबुको हत्या गरी फरार रहेका श्रेष्ठलाई प्रहरीले उनको घर नजिकै रहेको ढोडेनी वनमा लुकीछिपी बसेको अवस्थामा शुक्रबार पक्राउ गरेको थियो ।

उनविरुद्ध जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर गोलेले जानकारी दिए।

कार्त्तिक ८ गते बलबहादुर श्रेष्ठ र उनका जेठो छोरा रामलाल श्रेष्ठबीच अंशबन्डाका विषयमा विवाद भएको थियो ।

405
Shares

ट्रेन्डिङ