सबैको समाचार
मङ्लबार, असार १७, २०८२

सुनको मूल्य एक हजार बढ्यो

325
Shares
सुनको मूल्य एक हजार बढ्यो

काठमाडौँ । आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेर एक लाख ६४ हजार रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य एक लाख ६३ हजार रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । अहिले चाँदीको मूल्य तोलाको एक हजार नौ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

कात्तिक १५ गते एक लाख ७१ हजार रुपैयाँमा सुनको कारोबार भई उच्च मूल्य कायम भएकामा पछिल्लो समय मूल्य घट्ने, बढ्ने भइरहेको छ ।

325
Shares

ट्रेन्डिङ