सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • पेस्तोलसहित एक जना पक्राउ

पेस्तोलसहित एक जना पक्राउ

1035
Shares
पेस्तोलसहित एक जना पक्राउ

काठमाडौँ । कपिलवस्तुबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन्।

मायादेवी गाउँपालिका-६ डुमरा बस्ने २१ वर्षीय सद्दाम हुसेन फकिरलाई सोमबार प्रहरीले पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी निरन्जन भट्टले जानकारी दिए।

उनीबाट प्रहरीले डेन्जर टोइ एयर पेस्तोल लेखिएको एउटा पेस्तोल, ४३ छर्रा, ६ वटा धमाका र एउटा मोबाइल बरामद गरेको छ।

फकिरले मोटरसाइकल चोरी गर्न खोजिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। सूचना पाएपछि इलाका प्रहरी कार्यालय पकडी कपिलवस्तुबाट प्रहरीको टोली खटिएको थियो। उक्त टोलीले उनलाई पेस्तोलसहित पक्राउ गरेको हो।

उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत कपिलवस्तुले हातहतियार तथा खरखजाना कसुरमा पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।

1035
Shares

ट्रेन्डिङ