सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • यो देश एक दिन महिलाले नेतृत्व गर्छ :- मन्त्रि खड्की

यो देश एक दिन महिलाले नेतृत्व गर्छ :- मन्त्रि खड्की

मानब कल्याण समाजले बालबालिकाको लागी पायो नयाँ भवन

475
Shares
यो देश एक दिन महिलाले नेतृत्व गर्छ :- मन्त्रि खड्की

काभ्रे :- बागमती प्रदेश सरकारको सामाजिक विकाश मन्त्रि हरी प्रभा खड्की ( श्रेष्ठ) ले यो देश एक दिन महिलाले नेतृत्व गर्ने विस्वास ब्यक्त गर्नु भएको छ।

मानब कल्याण समाज काभ्रेको आयोजनामा भएको भवन समुद्घाटन तथा सडक बालकको शुभअन्नप्राशन कार्यक्रममा समुद्घाटन गर्दै र बालबालिकालाई खाना खुवाउदै मन्त्रि खड्कीले देशको नेतृत्व एक दिन महिलाले गर्ने बताउनु भएको हो।

जिल्लाको धुलिखेल र पनौतीमा दुई स्थान बाट सडक मानब र सडक बालबालिकालाई उद्धार पालन पोषण गर्दै आएको मानब सेवाले नया भवन पाएको छ। बागमती प्रदेश सामाजिक विकाश मन्त्रालयको ५ करोडको लागतमा पनौती वडा न. ५ मा बनेको भवन बालबालिकाको लागी प्रयोग गर्दै आईरहेको थियो।

बागमती प्रदेश सरकार को सामाजिक विकाश मन्त्रालयकै आर्थिक सहयोगमा निर्मित भवन आज सामाजिक विकाश हरी प्रभा खड्का श्रेष्ठले समुद्घाटन गर्नु भएको हो। मानब कल्याण समाज काभ्रेले धुलिखेल नगरपालिका वडा न. १२ मा सडक मानबहरुलाई उद्दारगरी पालन पोषण गर्ने गरेको छ। हाल मानब कल्याण समाजको सेवा केन्द्र काभ्रे मा ६७ जना छन्। भने समुद्घाटन गरेको भवनमा अहिले ३८ जना बालबालिकाहरुलाई समेत सम्रक्षण र पालन पोशण गर्दै आईतहेको छ।

पनौती नगरपालिका वडा न. ५ मा २८ कोठाको नया तिनतल्ले भवनको समुद्घाटन गर्दै सामाजिक विकाश मन्त्रि हरी प्रभा खड्काले यदि देशको विकाश गर्ने हो भने महिलाले नै कार्य गर्नु पर्ने बताउनु भयो। सम्बोधनकै क्रममा गृहिणी महिलालाई भत्ताको व्यवस्थापनका लागी समेत आफुले कार्य गरेको उल्लेख गर्दै गृहिणी महिलालाई शशक्त रुपमा अगाडी बढाउँन बजेट व्यवस्थापन गरेको जानकारी दिनु भयो। ” यो देशमा पुरुष भन्दा महिला धेरै छन् र पुरुषहरु डगमगाउन सक्ने भएकाले तपाई हरु सशक्त भएर अगाडी बद्नुस भन्दै एक दिन महिलाले नै देश चलाउनु पर्छ।

” महिलाहरु कुनै कुरामा कमि छैनौ त्यसले गर्दा छोरालाई मात्र अश दिने हैन छोरीलाई पनि दिने गरेमा मात्र राजनैतिकमा समेत पुग्न सक्ने बताउदै छोरा छोरी समान गर्न अपिल गर्दै , महिलालिई आर्थिक क्रान्तिमा जोड्नु पर्ने बताउनु भयो र पुरुष सरह अवसर दिनु पर्नेमा जोड दिदै अगाडी बड्न सकेमा एक डी यो देश महिलाहरुले हाक्न र चलाउन सक्षम हुने बताउनु भयो।

महिलाले मात्र कुचो समाउने हैन ” विहान महिलाले कुचो समाए बेलुकी पुरुषले समाउने गरी अगाडी बढ्न सकेमा मात्र देशको नेतृत्वलिन महिलाहरु अगाडी बड्न सक्ने मन्त्रिको जोड थियो।

मानब कल्याण समाज काभ्रेको आयोजनामा भएको बवन सामुदघाटन समारोहमा मानब कल्याण समाजलाई सहयोग गर्ने सस्था र व्यक्तिलाई सम्मान गर्नुका साथै थप सहयोग संगकल गर्दै केहि समय अघि मात्र सडक बाट नै उद्दार गरेको सुयन्स मानब र द्क्षिका मानबको आज शुभ अन्नप्राशन समेत गरेको हो।

कार्यक्रममा सबै सहभागी र प्रमुख अतिती मन्त्रिले समेत दुवै बालबालिकालाई आज खाना समेत खुवाउनु भएको हो। कार्यक्रममा सामजिक सस्थाका प्रतिनिधि तथा सहयोग गर्ने व्यक्ति संगै जनप्रतिनिधि सहितको बाक्लो उपस्थिति रहेको थियो।

475
Shares

ट्रेन्डिङ