सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • कुकर बम राखेर आतंक मच्चाउने दुई जना पक्राउ

कुकर बम राखेर आतंक मच्चाउने दुई जना पक्राउ

270
Shares
कुकर बम राखेर आतंक मच्चाउने दुई जना पक्राउ

काठमाडौं । झापाको बिर्तामोडस्थित गिरीबन्धु टी स्टेटको चिया उद्योग अगाडि कुकर बम राखेर आतंक मच्चाउने दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका–९ मधुमल्लाका ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका-६ शिवालय टोलका २० वर्षीय धिरज माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

राजकुमारलाई उर्लाबारी नगरपालिका–७ उर्लाबारी चोकबाट र धिरजलाई पथरीशनिश्चरे नगरपालिका–१ जातेरोड चोकबाट बुधबार पक्राउ गरिएको डीएसपी चन्दले बताए।

उनीहरूले नेकपा (माओवादी) पूर्व केन्द्रीय कमान्डको नामबाट गत भदौ २८ गते बिहान अन्दाजी ६:१० बजे बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धुकै शमशेर एन्ड गंगादेवी टी स्टेट प्रालिको पश्चिम पर्खालनजिकै क्षति पुर्‍याउने उद्देश्यले कुकर बम राखेका थिए। प्रहरीले घटनास्थलबाट गिरीबन्धु टी स्टेटको जग्गा कब्जा किन..? लेखिएको पर्चासमेत फेला पारेका थिए।

उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर झापा जिल्ला अदालतबाट विस्फोटक पदार्थसम्बन्धी कसुरमा ३ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको डीएसपी चन्दले बताए।

270
Shares

ट्रेन्डिङ