सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • ३ वडामा सवारी साधन र आवागमनमा रोक

३ वडामा सवारी साधन र आवागमनमा रोक

880
Shares
३ वडामा सवारी साधन र आवागमनमा रोक

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले उप निर्वाचन हुने जिल्लाको ३ वटा वडाहरुमा सवारी साधन संगै स्थानिय बाहेक लाई पैदल आवत जावतमा समेत रोक लगाएको छ।

उप निर्वाचनको पूर्व सन्ध्यामा आज जिल्ला प्रशासन कार्यालय रौतहटले एक सूचना जारी गर्दै उक्त रोक लगाएको हो। स्थानिय तह उप निर्वाचन लाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन आज साँझ ७ बजेदेखि भोली बेलुकी ५ बजे मतदान न सकेसम्म अत्यावश्यक र अनुमती लिएका बाहेक सबै सवारी साधनमा रोक लगाईएको सिडियो हिरालाल रेग्मीद्वारा ह्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।

जिल्ला प्रशासनले निर्वाचन हुने राजापुर नगरपालिका ६ , ईशनाथ नगरपालिका ७ र गढीमाई नगरपालिका ८ भित्र बसोबास गर्ने बाहेक अन्यत्रका मानिसहरू लाई समेत आवतजावतमा रोक लगाएको छ।

उप निर्वाचन हुने वडा प्रवेशका सबै नाका, सडकहरुमा कडा चेकिंग र खानतलासी हुनेभएको हुँदा सहयोग गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले सबै संग आग्रह गरेको छ।

880
Shares

ट्रेन्डिङ