काठमाडौँ । हवाई फायर गरी गैंडाको खाग तस्कर गर्ने एक जनालाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा करिब ४० वर्षीय पुरुष रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।
निकुञ्ज कार्यालयका संरक्षण अधिकृत दिवेश श्रेष्ठका अनुसार उनलाई बिहीबार हेटौडा उपमहानगरपालिका–८ गर्दईबाट पक्राउ गरिएको हो ।
एक थान गैंडाको खागसहित ती पुरुषलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाइएको निकुञ्ज कार्यालयले जनाएको छ ।
नियन्त्रणमा लिने क्रममा उनले बल प्रयोग गरी भाग्ने कोसिस गरेपछि पाँच राउण्ड हवाई फायर गरिएको अधिकृत श्रेष्ठले बताए ।