सबैको समाचार
शुक्रबार, माघ ४, २०८१
  • होमपेज
  • काभ्रेमा भूकम्पको धक्का: केन्द्र बिन्दु कहाँ ?

काभ्रेमा भूकम्पको धक्का: केन्द्र बिन्दु कहाँ ?

60
Shares
काभ्रेमा भूकम्पको धक्का: केन्द्र बिन्दु कहाँ ?

काभ्रे : आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाको तिब्बतस्थित दिंगे कान्टीमा रहेको पुष्टि भएको छ।

खानी तथा भूगर्भ विभागका अनुसार उक्त भूकम्प ७ म्याग्निच्युडको रहेको र यसले नेपालका धेरैजसो स्थानहरूमा धक्का महसुस गराएको छ। बिहान ६ बजेर ५१ मिनेटमा आएको भूकम्पले काभ्रे, काठमाडौं उपत्यका, धादिङ, सिन्धुपाल्चोक, मकवानपुर लगायतका जिल्लामा स्थानीयवासीलाई त्रसित बनाएको छ।

सरकारी निकायले भूकम्पपछिको सम्भावित परकम्पका लागि सतर्क रहन र सुरक्षित स्थानमा बस्न सुझाव दिएको छ। क्षतिको विवरण भने अझै संकलन भइरहेको छ।

60
Shares

ट्रेन्डिङ