काभ्रे । श्री सरस्वती माध्यमिक विद्यालय धुलिखेल -८ , बडाल गाउँको ४५ औं वार्षिकोत्सव समारोह विद्यालय ब्यवस्थापन समिति अध्यक्ष साधुराम बडालको सभापतित्व तथा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख ब्यान्जुले शैक्षिक क्षेत्रको लगानीबाट दक्ष जन शक्ति उत्पादन गरि देश र नागरिकको समृद्धिको यात्रा पूरा हुने तर धन दौलथ मात्र जोडेर सम्पत्ति आर्जन गरे भनेर हर्शित नहुन अभिभावकलाई आग्रह गर्नु भयो।
शैक्षिक क्षेत्र को बिकासमा नगरले ध्यान दिएको, कार्य सम्पादन मुल्यांकनको आधारमा शिक्षकहरुको स्थानीय सरकारले सम्मान गर्ने नगर प्रमुख ब्यान्जुले बताउनु बयो । प्रधानाध्यापक रमेश प्रसाद बडालले शैक्षिक स्तरीयता र भाबी योजनाको बारेमा प्रष्ट पार्नु भयो । उत्कृष्ट कार्य गरेबापत शिक्षक प्रल्हाद गिरी , शैक्षिक क्षेत्रको बिकासमा सहयोग पुर्याकोमा श्रीजन चेतना युवा समुहलाई गरिएको सम्मान संस्थाका अध्यक्ष रमेश प्रसाद न्यौपानेले ग्रहण गर्नु भयो।
वडा अध्यक्ष बिनोद गौतमले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि भएको बधाई दिदै आगामी दिनमा अझ प्रगतिमा लम्कन ब्यस्थापन टिम ,शिक्षक , अभिभावक र विद्यार्थी सबै एकताबद्द भैइ अघि बढ्नु पार्ने धारणा राख्नु भयो। उत्कृष्ट अङक ल्याउने छात्र र छात्रालाई पुरस्कृत गरिएको थियोे ।
बिनायक आधारभुत विद्यालयका प्रधानाध्यापक नमराज तिमल्सिनाले मन्तव्य दिनु भएको थियोे । रेडियो एबीसीका अध्यक्ष रमेश प्रसाद न्यौपानेले उत्कृष्ट अङक ल्याउने कक्षा ३ कि छात्रा ३.९ जीपिए र कक्षा ७ का छात्र ३.८ जीपीएकोलाई जनही ब्याक्तीगत रुपमा रु.५०५/५०५ रकम बाट पुरस्कृत गर्नु भयो।
विद्यार्थीहरुले साङ्गितिक प्रस्तुती सहित नृत्यबाट मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रमको सन्चालन नबराज बडालले गर्नु भएको थियो।