सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • बृहत नि:शुल्क दन्त शिविर सम्पन्न : ११० जनालाई सेवा, थप उपचारमा छुट

बृहत नि:शुल्क दन्त शिविर सम्पन्न : ११० जनालाई सेवा, थप उपचारमा छुट

1235
Shares
बृहत नि:शुल्क दन्त शिविर सम्पन्न : ११० जनालाई सेवा, थप उपचारमा छुट

काभ्रे । सामुदायिक सहकार्यमा बनेपा नगरपालिका–९ दछुटोलमा सम्पन्न बृहत नि:शुल्क दन्त शिविरले ११० जनालाई सेवा प्रदान गरेको छ।

‘एक घर, एक महिला समूह’को आयोजनामा, समाज डेन्टलको प्राविधिक सहयोग तथा बनेपा नगरपालिका स्वास्थ्य शाखा र होटल ब्लाक एन्ड हवाईट (Hotel Black & White)को सहकार्यमा सम्पन्न शिविरले समुदायस्तरमा स्वास्थ्य पहुँच विस्तारमा सकारात्मक सन्देश दिएको छ।

शिविरमा दन्त परीक्षण, परामर्श र प्राथमिक उपचार उपलब्ध गराइनुका साथै सहभागीहरूलाई आगामी सेवामा २० प्रतिशत छुटको व्यवस्था गरिएको समाजसेवी निर्पेश बादेले जानकारी दिए।

यस्ता सामुदायिक पहलहरूले स्थानीयस्तरमा स्वास्थ्य सचेतना र पहुँच बढाउँदै नागरिक–केन्द्रित सेवा प्रवाहमा संस्थागत सहकार्यको सम्भावना उजागर गरेको छ ।

भने स्वास्थ्य जस्तो संवेदनशील विषयमा निजी, सार्वजनिक र सामुदायिक संयोजनले मात्र दीर्घकालीन समाधान दिन सक्छ भन्ने सन्देश यो कार्यक्रमले दिएको छ।

1235
Shares

ट्रेन्डिङ