काठमाडौं । आज २०८२ साउन ०९ गते शुक्रवार। साउन शुक्ल प्रतिपदा पञ्चाङ्ग: वज्र किंस्तुघ्न पुष्य । तदनुसार सन् २०२५ जुलाई २५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घरपरिवारको सहयोग नमिल्नाले आत्मविश्वासमा कमी आउनेछ। यात्रा गर्दा सावधान रहनुहोला। व्यापार व्यवसायलाई लिएर मन चिन्ताग्रस्त रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लगनशीलता र कार्यकुशलताले जटिल समस्याको समाधान हुनेछ। अध्ययनलाई लिएर नयाँ बाटोहरू खुल्नेछन्। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा गरेको परिश्रमबाट लाभ मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। सञ्चित धनमा वृद्धि हुनेछ। सम्पर्क क्षेत्रमा वृद्धि हुनेछ। फजुल खर्चबाट जोगिनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जीवन साथीसँग वैचारिक मतभेद सुल्झाउन सफल भइनेछ। मित्रको सहयोग मिल्नेछ। घर परिवारमा शुभ मांगलिक कार्यको योजना बन्नेछ। यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) चिताएका कार्य सम्पादन गर्नमा बाधा आउनेछ। वैदेशिक रोजगारको लागि नयाँ अवसरको खोज सफल हुनेछ। आफन्तजनहरूसँगको विश्वास गुम्न सक्छ सचेत रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।
कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्यार्थीहरूलाई पठनपाठनमा गुरुजनहरूको मार्गदर्शन मिल्नेछ। परिवारमा एक अर्कामाथि विश्वास बढ्नेछ। आय आर्जनका नयाँ मार्ग प्रशस्त हुनेछन्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।
तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धर्मकर्ममा मन लाग्नेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। पितासँग आत्मीयता बढ्नेछ। नयाँ निर्णय लिनुभन्दा अघि शुभचिन्तकहरूसँग सल्लाह अवश्य लिनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।
वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धैर्य र पराक्रममा वृद्धि हुनेछ। स्यानु स्यानु कुरामा रिसाउने बानीले बोलिको विपरीत अर्थ लाग्ला। भविष्यलाई लिएर योजना कोरिनेछ। शैक्षिक क्षेत्रमा विशेष सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आर्थिक पक्षलाई लिएर मनमा चिन्ता रहनेछ। आफन्तहरूले व्यर्थमा अलमल्याउन सक्छन्। नयाँ अवसरको खोजीमा केही दौडदुप गर्नुपर्ला। योजनाबद्ध तरिकाले कार्य गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
मकर : (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आर्थिक पक्षमा सुधार आउनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। वादविवादबाट जोगिनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।
कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अधिकारीहरूसँग सम्पर्क बढ्नेछ। विवादास्पद समस्याहरू सुल्झिनेछन्। अविवाहित हुनुहुन्छ भने विवाह आदिको कुराकानी चल्नेछन्। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सांस्कृतिक कार्यक्रमहरूमा विशेष स्थान प्राप्त होला। आफ्नो योग्यतालाई निखार्ने अवसर रहेको छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।