सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • काभ्रेमै पहिलोपटक तीज जोडी फोटो प्रतियोगिता – २०८२

काभ्रेमै पहिलोपटक तीज जोडी फोटो प्रतियोगिता – २०८२

1120
Shares
काभ्रेमै पहिलोपटक तीज जोडी फोटो प्रतियोगिता – २०८२

काभ्रे । नेपाली कला, संस्कृति र मौलिक चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाली कांग्रेस काभ्रेको सांस्कृतिक शाखाले “तीज जोडी फोटो प्रतियोगिता–२०८२” आयोजना गर्ने भएको छ। हरितालिका तीजको पावन अवसर पारेर साउन १२ गतेदेखि सुरु हुने प्रतियोगिता भदौ २ गतेसम्म सामाजिक सञ्जालमार्फत सञ्चालन हुनेछ।

कार्यक्रम आयोजकका अनुसार प्रतियोगिता साउन १२ गते सोमबार दिउँसो १२ बजेबाट सुरु भई एक महिनासम्म नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाको आधिकारिक फेसबुक पेजमा सञ्चालन हुनेछ। मौलिक नेपाली पहिरनमा सजिएका विवाहित जोडीहरूले सहभागिता जनाउन पाउने यो कार्यक्रमले सांस्कृतिक जरा मजबुत बनाउने लक्ष्य लिएको छ।

कार्यक्रम संयोजकका अनुसार, आधुनिकता र फेसनको भीडमा हराउँदै गएको मौलिक नेपाली पहिचानलाई पुनर्जीवित गर्दै तीज पर्वको सामाजिक पक्षलाई उजागर गर्न यो प्रतियोगिता सशक्त माध्यम बन्नेछ। विशेषगरी विवाहित महिलाहरूको सहभागिता, परम्परा र पहिरनलाई जोड दिनेगरी यो प्रतियोगिता सार्वजनिक गरिएको हो।


सहभागी नियमहरू संक्षेपमा

प्रतियोगितामा सहभागी हुन इच्छुक विवाहित जोडिहरूले आयोजकको फेसबुक पेज लाइक गर्नुपर्नेछ। पठाइने फोटो स्पष्ट, सभ्य र परम्परागत नेपाली तीज पोशाकमा खिचिएको हुनुपर्नेछ। फेसन युक्त वा विदेशी पोशाक प्रयोग भएको फोटो मान्य नहुनेछ।
फोटो Facebook पेजको मेसेज बक्स वा WhatsApp नम्बर ९८४३५७४०३९ मा पूरा नाम, थर र ठेगानासहित पठाउनु पर्नेछ। रु ५०० दर्ता शुल्क तिरेपछि मात्र सहभागिता सुनिश्चित हुनेछ।

विजेताहरूको छनोटमा ७५ प्रतिशत फेसबुक लाइक र २५ प्रतिशत निर्णायक मण्डलको निर्णयलाई आधार बनाइनेछ। नकली लाइक (Like Boost) गरिएको फोटो स्वतः अमान्य गरिनेछ।
पुरस्कारहरू

🥇 प्रथम पुरस्कार: नगद रु १५,०००, सम्मानपत्र, सुद्ध मह १ माना, सुद्ध घ्यू १ माना, VIP फिल्म टिकेट २ वटा

🥈 द्वितीय पुरस्कार: नगद रु १०,०००, सम्मानपत्र, सुद्ध मह १ माना, सुद्ध घ्यू १ माना, VIP फिल्म टिकेट २ वटा

🥉 तृतीय पुरस्कार: नगद रु ५,०००, सम्मानपत्र, सुद्ध मह १ माना, सुद्ध घ्यू १ माना, VIP फिल्म टिकेट २ वटा

अन्य विशेष आकर्षणहरू

टप २५ मा पर्ने सबै २५ जोडीलाई प्रमाणपत्र प्रदान गरिनेछ।

टप २५ मा पर्ने ५० जनालाई विशेष होटलमा सम्मान तथा भोज कार्यक्रम आयोजना गरिनेछ।

सहभागी जोडिहरूको प्रोफाइल भिडियो बनाउने अवसर दिइनेछ।

शुभकामना सिनेमा हलको सहकार्यमा गोला प्रणालीमार्फत १० जोडीलाई २० वटा VIP टिकेट वितरण गरिनेछ।

संस्कृति संरक्षणसँगै सामाजिक एकता र सौहार्दता अभिवृद्धिमा टेवा पुर्‍याउने उद्देश्यसहित यो कार्यक्रम सुरु गर्न लागिएको आयोजकले जनाएको छ।

1120
Shares

ट्रेन्डिङ