सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • रोटरी कल्ब अफ काभ्रे भ्यालिले गर्यो लामागाउँमा वृक्षारोपण

रोटरी कल्ब अफ काभ्रे भ्यालिले गर्यो लामागाउँमा वृक्षारोपण

1235
Shares
रोटरी कल्ब अफ काभ्रे भ्यालिले गर्यो लामागाउँमा वृक्षारोपण

काभ्रेपलाञ्चोक । रोटरी डिस्टरिकको नेपालभरि ५० हजार भन्दा बढी वृक्षारोपण गर्ने उद्देश्य अनुसार बनेपा स्थित रोटरी कल्ब अफ काभ्रे भ्यालिले साउन १० गते शनिवार बनेपा नगरपालिका–०९, लामागाउँ क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

बनेपा बजारबाट करिब ३ किलोमिटर टाढा लामागाउँमा आयोजित वृक्षारोपण कार्यक्रममा क्लबका सदस्यहरु र स्थानीयहरुको उल्लेखीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बनेपा वडा नं ९ का कार्यवाहक वडा अध्यक्ष मनिषा तामाङको समेत उपस्थिति रहेको थियो।

“Service Above Self” को भावना अनुसार वातावरण संरक्षण र हरियाली वृद्धिमा योगदानदिने उदेश्यले वृक्षारोपण कार्यक्रम गरिएको रोटरी क्लब अफ काभ्रेकी अध्यक्ष मनिषा श्रेष्ठले बताइन।

वृक्षारोपण कार्यक्रमलाई सफल बनाउन सहयोग र सहभागिता जनाएका सम्पूर्ण सदस्यहरू तथा अतिथिहरूलाई मनिषाले धन्यवाद समेत दिएकी थिइन।

1235
Shares

ट्रेन्डिङ